गण्डकी प्रदेश समन्वय परिषद कतारले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गर्दै……

प्रकाश दर्नाल

दोहा,कतार- गण्डकी प्रदेश समन्वय परिषद कतारले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम २०२५ गर्ने भएको छ ।

गण्डकी प्रदेश समन्वय परिषद कतार र प्रदेश अन्तर्गतका कृयासिल ९ वटा जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्वहरु बडा दशै, शुभ दिपावली, नेपाल सम्वत एवं छट पर्व २०८२ को पावन अवसर पारेर आगामी १७ अक्टोबर शुक्रबारको दिन फुलबारी रेष्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम गर्न लागेको हो ।

दिउँसो १२ बजेदेखि सुरु हुने समय तालिका रहेको कार्यक्रममा उपस्थितिको लागि सम्बन्धित व्यक्तित्व, संघ संस्था, विशिष्ट व्यक्ति, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा पत्रकार मिडियाकर्मीहरु सबैलाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

शुभकामना आदानप्रदान कार्यक्रमले दोहामा रहेका हरेक नेपालीहरु लाई एकजुट बनाउन र माया स्नेह सद्भाव पर्वाह गर्नुको साथै संस्कार, संस्कृती, परम्परागत रितिरिवाजलाई जगेर्ना गर्न समेत अहम् भुमिका खेल्ने विस्वास राखिएको पनि आयोजक समितिले बताएको छ ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top