लोक तथा दोहोरी गायिका देबि घर्ति मगर कतारको आयुषा सलुनको तीज कार्यक्रममा

बिजयराज अधिकारि,कतार

बैदेशिक रोजगारीका लागि बिदेशिएका नेपाली नागरिकका लागि स्वदेशमा आउने चाड पर्वले सताउने गर्छ । पछिल्लो समय रोजगारीको लागि नेपाल बाहिर नेपालीहरु बाक्लो मात्रामा जान थालेपछि चाडपर्वमा नेपाली कार्यक्रम गरेर रमाइलो गर्नेक्रम बढ्दो छ । बिदेशमा हुने कार्यक्रममा नेपाली कलाकारहरु पनि निक्कै ब्यस्त देखिन्छन । चलेका कलाकारहरु त प्रायजसो बिदेश कै कार्यक्रममा भएको पाइन्छ ।धेरै नेपालीहरुको रोजगारीको गन्तब्यको रुपमा चिनिएको मध्यपुर्वको दोहा कतारमा पनि तिज बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा लोकदोहोरि गायिका देबि घर्ति मगर कतार जाने भएकी छन ।

नेपाली महिला व्यवसायी आयुषा खडका श्रेष्ठले सन्चालन गर्ने आयुषा मेकप सलुन तथा अलदाना ब्युटि सलुनको आयोजनामा दोहामा तिज बिशेष कार्यक्रम हुन लागेको हो । कार्यक्रम अगस्ट १५ शुक्रवारका दिन क्राउन प्लाजा होटलमा हुने आयोजक श्रेष्ठ ले जानकारि दिइन । कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति सगै दर खाने कार्यक्रम पनि राखिएको छ । सबै नेपाली दिदी बहिनीहरु तथा दाजु भाइको स्नेहमिलन होस भन्ने हेतुका साथ आयोजना गरिएको कार्यक्रममा निशुल्क सहभागि भएर मनोरन्जन लिन सकिने जनाइएको छ ।कार्यक्रम को सहजिकरण आयुषा मेकप सलुन कि इन्चार्ज अनु सुबेदि बस्नेत र लोकप्रीय रेडियो कार्यक्रम प्रस्तोता सन्चारकर्मि बिजयराज अधिकारिले गर्नेछन ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top