दलित एकता संजाल कतारले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले गरे रक्तदान

प्रकाश दर्नाल

दोहा,कतार- दलित एकता संजाल, नेपाल कतारको आयोजना, परियार मित्रता समाज कतार र विश्वकर्मा समाज कतारको सह-आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा आयोजना गरेको कार्यक्रम शुक्रबार अल साद स्थित हामद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेट सेन्टरमा सम्पन्न भएको हो । करिब १ सयको हाराहारीमा उपस्थिति रहेको कार्यक्रममा रक्तदानको लागि ७३ जनाले आफ्नो नाम टिपाएका थिए भने जस मध्यबाट ४८ जनाले मात्र रक्तदान गर्न सफल भएको र विविध कारणबस यो पटक २५ जना रक्तदान गर्ने अवसर बाट वञ्चित भएका थिए ।

संजालका महासचिव अमृत किश्वकर्माले सबैभन्दा पहिला रक्तदान गरेर सुरु भएको कार्यक्रममा नेपाली रक्तदाता संघ कतारका कार्यबाहक अध्यक्ष छविलाल भट्टराई, कतामा रहेका दुईवटै एनसीसीका अध्यक्ष सहित उच्च पदस्त पदाधिकारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक एवं विशिष्ट व्यक्तित्व, तिनवटै आयोजक सस्थाका कार्यसमिति टिम र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मुल नाराका साथ बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा सहभागी भएका सम्पुर्णलाई धन्यवाद दिदै संजालका अध्यक्ष प्रकाश विश्वकर्माले सबै रक्तदाताहरू लाई प्रशंसा पत्र प्रदान गरेका थिए । रक्तदान कार्यक्रमको अन्तिम रक्तदान सोम परियारले गरेका थिए भने तिनवटै संस्थाका अध्यक्षहरुले पनि रक्तदान गरेका थिए ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top