“समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारद्वारा आयोजना गरिएको २५औँ वार्षिक सभा, विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको सभापति समाजका अध्यक्ष श्री आयुष घले रहनुभएको थियो। प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष श्री ललितकुमार तामाङ,विशेष अतिथि गैर आवासीय नेपाली संघ कतारका वरिष्ठ उपाध्यक्ष श्री सन्तोष पौडेल,नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ,साथै विभिन्न प्रदेश, संघ–संस्था, पत्रकार, फोटोग्राफर, कलाकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य समाजकी सह–कोषाध्यक्ष अनिता तामाङले गर्नुभएको थियो भने, कार्यक्रमको उद्देश्य समाजका सचिव श्री अम्बर बहादुर गुरुङले गर्नुभएको थियो।साथै सस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष राज श्रेष्ठ , सस्थको प्रगति प्रतिवेदन महासचिब रामहरी श्रेष्ठले प्रस्तुत गरी हलमा आमंत्रित हरुलाई एक एक प्रति बाड़िएको थियो ।

सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूमा धादिङकी प्रतिभावान चेली शिवानी घलेले आफ्नो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रदर्शनमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो।त्यसैगरी स्वागत नृत्यमा मंगली तामाङ र शान्ति तामाङले मनमोहक प्रस्तुति दिनुभयो।कार्यक्रममा सरला तामाङ, एलिसा राई, शिवानी घले, सुजन गुरुङ, सुमित्रा भट्टराई, सपना मगर, लक्ष्मी कार्की, सिर्जना कुँवर, रामहरि चौलागाईं, सृष्टि लामा, सविता बान्तवा राई, प्रिया तामाङ, सानुमाया गुरुङ र सकुर जस्मिन लगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुतिहरू दिनुहुँदा कार्यक्रम झनै रंगीन र आकर्षक बनेको थियो।

साथै विभिन्न सामाजिक, संस्थागत र जातीय संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो शुभकामना मन्तव्य राख्दै समाजको योगदानको प्रशंसा गर्नुभएको थियो।सल्लाहकार श्री सुवास तामाङ, विशेष सल्लाहकार श्री धिरेन तामाङ, संरक्षक श्री कविन्द्र कँडेल, र अन्य वक्ताहरूले समाजको निरन्तर सामाजिक क्रियाकलाप र एकताको भावना प्रशंसनीय भएको अभिव्यक्ति दिनुभयो।

प्रमुख अतिथि श्री ललितकुमार तामाङले आफ्नो मन्तव्यमा “शिक्षा, एकता र सामाजिक उत्तरदायित्व”लाई प्रमुख मानेर समाजले २५ वर्षको यात्रामा सेवामुखी, प्रेरणादायी र अनुकरणीय भूमिका खेलेको उल्लेख गर्नुभयो र निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको समापन मन्तव्य समाजका अध्यक्ष श्री आयुष घलेले गर्नुभएको थियो। उहाँले कार्यक्रमको सफलता सुनिश्चित गर्न आर्थिक, भौतिक, नैतिक, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, अतिथि, प्रायोजक, सञ्चारकर्मी, कलाकार, स्वयंसेवक र उपस्थित सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो।कार्यक्रमको सञ्चालन र सहजीकरण महासचिव श्री रामहरि श्रेष्ठले गर्नुभएको थियो।