संखुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न नेतृत्वमा विरेन मादेन लिम्बु सहित २७ जनाको नयाँ कार्यसमिति निर्विरोध ।

प्रकाश दर्नाल “शितल”

दोहा,कतार- संखुवासभा समाज कतारको चौथो साधारण (अधिवेशन) सभा सम्पन्न भएको छ ।

प्लाजामलमा अवस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षता, कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको साधारणसभा (अधिवेशन) बाट नयाँ कार्यकाल २०२५-२७ को लागि अध्यक्षमा बिरेन मादेन लिम्बु निर्बिरोध निर्वाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितिय उपाध्यक्षमा मान बहादुर तामाङ, महासचिवमा शिव कुमार खत्री, उप-महासचिवमा सञ्जय के.सी, सचिवद्वय उमेश सुबेदी र बिक्रम निरौला, कोषाध्यक्षमा प्रकाश लिम्बु, सह-कोषाध्यक्षमा खड्ग बस्नेत निर्वाचित भएका छन ।

त्यस्तै साहित्य संयोजकमा राज कुमार सुवेदी, महिला संयोजकमा कृष्णा राई, केन्द्रिय सदस्यमा दिपेन्द्र कार्की, डम्बर अधिकारी, सन्जिब तामाङ, टेक बहादुर कटुवाल, सन्जिब कुमार श्रेष्ठ, बिमला न्यौपाने, मिन कुमार कार्की, जिबन मते, गोबिन्द मते, बिध्या न्यौपाने, कबिता राई मादेन, पवन लिम्बु, भिम बहादुर श्रेष्ठ, पर्शुराम सुवेदी र सन्तोष निरौला चयन भएका छन ।

दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले समाजको मूल नारा “संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” लाई आत्मसात गर्दै प्रवासमा रहँदा पनि आफ्नो जिल्लालाई सबैको माझ नजिकबाट चिनाउन पाएको र सामाजिक एकतालाई बलियो बनाउँदै अगाडि बढेको बताउँदै कार्यक्रममा उपस्थित सम्पुर्ण लाई स्वागत गर्दै स्वागत मन्तव्य राखे पश्चात् साँस्कृतिक संयोजक खड्ग बस्नेतको साथमा श्रृजना खनाल र ललिता बि.कले अतिथिहरुको स्वागत स्वरुप प्रस्तुत गरेका पुर्बि नेपालको संखुवासभामा प्रचलित मारूनी नृत्यले माहोल अत्यन्तै रोचक बनाएको थियो ।

Web Developer _ Subah Gajmer
कार्यक्रममा समाजका संरक्षक पर्शुराम दाहाल, तेज मोक्तान तामाङ, सस्थापक सल्लाहकार चुडामणी कार्की , मानार्थ सदस्य सागर नेपाल, समाजसेवी तेज कटुवाल, केशव कार्की , रुद्र शर्मा आचार्य लगायत कोशी प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला संस्थाका अध्यक्षहरुको साथै कतारमा स्थापित जिल्ला तथा मातृ संस्थाका अध्यक्ष एवं प्रतिनिधी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, साहित्यकार, कलाकारहरु सङ्गै संखुवासभाली तथा गैर संखुवासभाली नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समाजका महासचिव पदम प्रसाद सिम्खडाले कार्यक्रमको सहजीकरण सङ्गै कार्यकाल भरिको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिव खत्रीले प्रस्तुत गरेका थिए भने कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले समाजले गरेका उदाहरणीय सामाजिक कार्यहरुको खुलेर प्रशंसा गर्दै कार्यसमिति सिङ्गो टिमलाई बधाई दिएका थिए । साथै नयाँ बन्ने कार्यसमिति लाई सफल कार्यकालको शुभकामना पनि ब्यक्त गरेका थिए ।

खुल्ला सत्र कार्यक्रमको बिचमा संस्थाका संरक्षक, सल्लाहकारहरु, पुरानो कार्यसमिति, आजिवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकार र कलाकारहरुलाई सम्मान पत्र, प्रशंसा पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पदम कुमार घिमिरेले कोशी प्रदेशको सबै भन्दा कान्छो संस्था भएर पनि अहिले दोहाको संघ संस्थाको लिस्टमा एक नम्बरमा रहेको र सबै भन्दा पुरानो संस्था बराबरको कार्यसम्पादन गेरेको देख्दा आफुलाई अत्यन्तै खुसी लागेको बताए ।

पुर्बेली पन्चेबाजाको लोभलाग्दो धुनले उपस्थित सम्पुर्ण दर्शकहरुको मन जितेको कार्यक्रमको अन्तमा सभापति खनालले उपस्थित सम्पूर्ण र आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा निरन्तर साथ सहयोग गर्ने महानुभावहरु कार्यसमिति टिम सबैलाई एकमुष्ठ धन्यबाद दिदै खुल्ला सत्र कार्यक्रमको समापन भइ बन्द सत्र सुरु भएको घोषणा गरेका थियो ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top