अध्यक्ष गोपाल डागींको सभापतित्वमा रोल्पाली सेवा समाज कतारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा,कतार- रोल्पाली सेवा समाज कतारको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सव्य भव्य रूपमा सम्पन्न भएको छ ।

समाजले समाजका अध्यक्ष गोपाल डागींको सभापतित्व र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सनातन हिन्दुहरुको महान पर्व बिजया दशमी शुभ दिपावली तथा छट विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायीको विशेष आतिथ्यता र कलाकार, पत्रकारहरु लगायत कतारमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थितिमा व्यानर अनावरण, दीप प्रज्वलन सङ्गै राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष जित परियारले स्वागत मन्तव्य राखेका थिए भने गुना मगर “निशु”, ख्याम भट्टराई, रामकृष्ण परियार, ईश्वरी भण्डारी लगायतका कलाकारले समाजको आफ्नै स्वागत गीत गाएर अतिथि स्वागत गरेका थिए ।

प्लाजामलको वेलफेयर रेस्टुरेन्टको सभाहलमा दिउँसो करिब १ बजेबाट विधिवत रुपमा सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिको राम्रो तालमेल मिलाएर समाजका महासचिव केशर खनालले सहजीकरण गरेका थिए । कार्यक्रम साँझ ६:३० बजे सकिएको थियो भने कार्यक्रम अवधिभर जिल्ला,प्रदेश, वैचारिक तथा जातिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहित समाजसेवी,बुद्धिजीवी, सामाजिक अभियान्ता लगायत विशिष्ट व्यक्तित्वहरुले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि पन्थीले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई बिजया दशमी शुभ दिपावली एवं छ्ट पर्वको शुभकामना व्यक्त गर्दै प्रदेशको ठाउँमा पनि नेपाली संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गर्नको निमित्त रोल्पाली समजले खेलेको भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले थप बोल्दै आफू अहिले नेपाली श्रमिकहरुको अभिभावक मानिएको संघको अध्यक्ष भएको अवस्थामा आफ्नो कार्यकाल भरी जति सक्दो धेरै श्रमिकहरुको हक अधिकार र सेवा मुखी कार्यक्रमहरु गर्ने बताए ।

पन्थिले नेपाली कतार सरकारको विभिन्न निकायहरू सङ्गको समन्वय श्रमिकलाई लक्ष्यित गर्दै विभिन्न सीप मुलक तालिमहरु गराउदै आएको र आगामी हरेक महिना कम्तीमा एउटा त्यस्तो खालको कार्यक्रमको आयोजना गरेर प्रदेशबाटै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ केही समय भित्रै बेसिक कम्प्युटर कोर्स र अर्को महिना प्रमाणपत्र सहितको निशुल्क वारिस्टा सिकाउने कार्यक्रमको आयोजना गर्ने पनि बताए ।

कार्यक्रममा कर्णाली प्रदेशमा प्रचलित सिगारु नाचको रौनता सङ्गै गुना मगर “निशु” सन्देश सोनि, नवीन बावु,
सम्झना तामाङ, सुस्मिता रोका मगर, ईश्वरी केसी भण्डारी, सरिता बुढा मगर, कमला गुरुङ
रोम बहादुर परियार, माया केसी लगायतका कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले माहोल सङ्गीतमय बनेको थियो । कार्यक्रमको मध्यतिर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका कार्यसमिति र आईसीसी सदस्यहरु र कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सभापति डागींले आफ्नो निमन्त्रणालाई स्विकार्दै प्रत्यक्ष उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरिदिने अतिथिहरु, कतारबासी नेपाली दाजुभाइ दिदिबहिनी र साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रममा सङ्गीतको रंग भरिदिने कलाकारहरु प्रति आभार व्यक्त गर्दै कार्यक्रम तयारीका लागि अहोरात्र खट्ने कार्यसमितिको सिङ्गो टिमलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top