नेपाल प्रवासी तामाङ समाज कतारले २१औं वार्षिकोत्सव मनाउने……

दोहा,कतार- नेपाल प्रवासी तामाङ समाज कतारले २१औं वार्षिकोत्सव मनाउने भएको छ ।

समाजले आगामी १७ अक्टोबर २०२५ शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा समाज स्थापना भएको दुई दशक लामो यात्रा स्मरण गर्दै २१औं स्थापना दिवस मनाउने भएको हो ।

“तामाङ जातीको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नारा लिएर कतारमा सन् २००५ मा स्थापना भएको समाजको बिहान ११ बजेदेखि औपचारिक रुपमा सुरु हुने उक्त कार्यक्रममा उपस्थितिको लागि सबैलाई पत्राचार गरिसकेको र कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगिसकेको आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रममा समाजले गरेको उपलब्धि, योगदान र आगामी योजनाहरूको चर्चा गरिनुको साथै विविध साँस्कृतिक प्रस्तुति सहित नेपाल प्रवासी तामाङ समाज कतारको official webside सार्वजनिक गर्ने तालिका पनि रहेको समाजका अध्यक्ष सुवास तामाङले बताएका छन ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top