नवलपरासी सेव समाज कतारले सातौं स्थापना दिवस आगामी शुक्रबार अक्टुबर १८ मा मनाउने तयारी

प्रकाश दर्नाल

दोहा,कतार- नवलपरासी सेव समाज कतारले आफ्नो सातौं स्थापना दिवस आगामी शुक्रबार मनाउने भएको छ ।

“आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित कतारमा सन् २०१८ मा स्थापना भएको समाजले यो वर्ष सचेतना एवं बिजया दशमी, शुभ दिपावली र छट पर्व २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सङ्गै आफ्नो सातौं स्थापना दिवस मनाउने भएको हो । कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु सहित सचेतना कार्यक्रम र प्रोजेक्टर मार्फत कतार बसाईको अनुभव समेटिएको एउटा संघर्षको कथा पनि प्रस्तुत गरिने छ ।

समाजले आगामी शुक्रबार अर्थात १७ अक्टोबर २०२५ को दिन मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रममा उपस्थितिको लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष, संरक्षक, सल्लाहकारहरु सहित प्रदेश अन्तर्गतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार एवं कलाकारहरु लाई पत्राचार गरिसकेको र कार्यक्रमको अन्तिम तयारी भइरहेको समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

हमाल ठकुरीले दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा परदेशमै भए पनि आपसी सद्भाव र एकताको लागि जति सक्दो धेरै दोहाबासी नेपालीहरु एकै ठाउँमा उपस्थित भएर दु:ख सुख साट्दै राष्ट्रिय पर्वको शुभकामना आदानप्रदान गर्ने सुनौलो अवसर भएकोले सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध गरेका छन भने समाजले स्थापना कालदेखि नै कतारमा मात्रै नभएर नेपालमा पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top