गण्डकी प्रदेश कतारले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य सम्पन्न……

प्रकाश दर्नाल
दोहा,कतार- गण्डकी प्रदेश समन्वय परिषद, कतारको गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न भएको छ ।

शुक्रबार सनैयामा अबस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल वि.क (अजय) को अध्यक्षता तथा प्रदेशकै संरक्षक आश बहादुर गुरुङको प्रमुख आतिथ्यता बडादशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा “बृहत् साँस्कृतिक कार्यक्रम-२०२५ भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु सहित सामाजिक व्यक्तित्व, बुद्दिजिबी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी, सामाजिक अभियान्ता, कलाकारहरुको साथै गण्डकी बासी तथा गैर-गण्डकी बासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो भने गण्डकी प्रदेश अन्तर्गतका सक्रिय जिल्ला संस्थाहरु, स्याङ्गजा, कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, तनहुँ, लमजुङ, गोरखाले  संयुक्त आयोजना गरिएको कार्यक्रम हरेक वर्ष जस्तै यो वर्ष पनि पृथक ढंगले संचालन गरिएको थियो ।

नेपालीहरुको राष्ट्रिय पर्वहरु एकसाथ एउटै छाना मुनि घरदेशको तिर्सना मेटाउने गरि देउसी भैलो खेल्दै गण्डकी प्रदेश सेरोफेरोमा गुन्जिने संगीत र साँगीतिक प्रस्तुतिहरुले सभाहललाई साच्चिकै सङ्गीतमय बनाएको थियो भने गण्डकी क्षेत्रलाई कला र गित, संगीतको उद्गमस्थलको साथै उर्भर भुमि मानिने हुँदा सोही अनुसार प्रत्येक जिल्ला संस्था अन्तर्गतका कलाकारहरुले जिल्लाको पहिचान झल्काउने साङ्गीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अथिति तथा सहभागीहरुलाई क्रम संख्याका आधारमा अन्तिम सम्म रहेनेलाई गोला प्रथाद्वारा बिजेता छानी प्रदेशका उपाध्यक्षद्वय कल्याण थापा र अर्जुन संग्रौलाले पुरस्कार प्रदान गरेका थिए। हलमा महिला र पुरुषहरुलाई बस्ने सिट व्यवस्थित रुपमा अलक अलक छुट्याइएको थियो ।

महासचिव मन प्रसाद राना मगरले सहजीकरण गरेका कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आश बहादुर गुरुङले प्रदेशले दिएको माया अनि अभिभावकत्वले आफुलाई थप जिम्मेवारीको महशुस गराएको बताउँदै संस्थालाई अझै जुझारु तथा चुस्तदुरुस्त राख्न आफुले सक्दो प्रयास गर्ने बताए ।

प्रदेशका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोशन अर्यालले कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमको बिषय बस्तु माथि मात्र रहेर शुभकामना मन्तब्य राखेका अथितिहरु प्रति सम्मान तथा आभार प्रकट गरे भने सभापति वि.कले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा साथ सहयोगको अपेक्षा राख्ने बताउदै कार्यकम समापन गरेका थिए ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top