राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा द्वारा सुदुरपश्चिमका दुई कलाकार सम्मानित

दोहा,कतार- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा द्वारा सुदुरपश्चिमका दुई कलाकार सम्मानित भएका छन ।

प्रतिष्ठानले सुदुरपश्चिमेली नेपाली समाज कतारले आफ्नो दशौं वार्षिकोत्सब तथा गौरापर्व विशेष कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रुपमा आफ्नो साङ्गीतिक प्रस्तुति राख्न कतार आएका कलाकारद्वय लोक तथा देउडा गायक महेश कुमार औजि र उमाशकर जोशीलाई सम्मान गरेको हो ।

प्रतिष्ठान कतार शाखाका अध्यक्ष शिवराम ढकालको सभाध्यक्षता, सुदुरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष गोरख चन्द ठकुरीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका सदस्यहरु र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा भेटघाट, परिचयात्मक एवं सम्मान कार्यक्रमको आयोजना गरि कलाकारद्वय औजि र जोशीलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा दुबै कलाकारले आफू कतार आएको मौका पारेर प्रतिष्ठान कतारसङ्ग प्रत्यक्ष भेटघाट गरि स्मरणीय सम्मान थाप्ने अवसर पाउँदा अत्यन्तै खुशी लागेको भन्दै प्रतिष्ठान परिवार प्रती आभार व्यक्त गरेका थिए भने दुबैले गीत गाएर उपस्थित सबैसङ्ग खुशी साटेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चन्दले बोल्दै गर्दा प्रतिष्ठान सङ्ग केही गुनासो रहेको बताए पनि सुदुरपश्चिमेली नेपाली समाजले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिन आएका कलाकारलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए । प्रतिष्ठान कतारका सल्लाहकार समेत रहेका चन्दले आगामी दिनहरुमा सुदुरपश्चिमेली नेपाली समाज कतार र प्रतिष्ठान विचको सम्बन्धमा आपसी साथ सहयोग सहित अझै सामिप्य र प्रगाढ हुनेमा आफु विस्वस्त रहेको पनि बताए ।

प्रतिष्ठानका सचिब कृष्ण दर्लामीले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभाध्यक्ष ढकालले व्यस्त समयको बावजुद पनि सम्मानको लागि समय उपलब्ध गराइदिने दुबै कलाकारलाई धन्यवाद दिदै कलाकारद्वय सङ्ग भेटघाट तथा परिचय गर्ने अवसर जुराइदिने सुदुरपश्चिमेली नेपाली समाज कतार र अध्यक्ष चन्द प्रती आभार व्यक्त गरे । ढकालले आगामी दिनमा पनि एक अर्का सङ्ग यस्तै आपसी साथ सहयोग र सहकार्य निरन्तर रहिरहने बताउँदै कार्यक्रम समापन गरेका थिए ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top