पर्वत जलजला समाज कतारले बिजया दशमी एवं शुभ दिपावलीको पावन अवसर पारेर दोस्रो वार्षिकोत्सव मनाउने

दोहा,कतार- पर्वत जलजला समाज कतारले आफ्नो दोस्रो वार्षिकोत्सव मनाउने भएको छ ।

समाजले यहीँ आउने शुक्रबार अर्थात २६ सेप्टेम्बर २०२५ शुक्रबारको दिन हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी एवं शुभ दिपावलीको पावन अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सहित धुमधाम सङ्ग आफ्नो दोस्रो वार्षिकोत्सव मनाउने तयारी गरेको आयोजक समितिले  जानकारी गराएका छन ।

शुक्रबार दिउँसो १२:१५ बजेदेखि सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रममा सहभागी हुन नेपालबाट अतिथि कलाकारको रुपमा पर्वते राजा भनेर चिनिने लोक तथा दोहोरी गायक आर.सी पौडेल र मेरो भ्वाइस युनिभर्स सिजन-२ मा कतारबाट प्रतिनिधित्व गर्दै फाइनल चरणको उत्कृष्ट ३ मा पर्न सफल भएकी लोकप्रिय गायिका जुनु प्रसाईं कतार आउने भएका छन ।

पौडेल र प्रसाईं सहित रोजगारीको सिलसिलामा कतारमै रहेर नेपाली गीतसङ्गीतमा निरन्तर लागिरहेका करिब एक दर्जन भन्दा धेरै कलाकारहरुको साङ्गीतिक प्रस्तुति र प्रत्यक्ष दोहोरी हेर्न पाइने कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका संघ संस्था, विशिष्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकारहरु सम्पुर्णलाई पत्राचार गरिसकेको कार्यक्रम संयोजक सुर्य बहादुर खत्रीले जानकारी गराए ।

खत्रीले समाजको वार्षिकोत्सब भए पनि दशैं विशेष साङ्गीतिक प्रस्तुतिहरु सङ्गै परदेशमा भएका नेपालीहरु सङ्ग एक अर्कामा माया, स्नेह, सद्भाव, आत्मीयता र भाइचाराको भावनाले एक ठाउँमा जोड्दै शुभकामना आदानप्रदान गरिने हुँदा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पारिदिन पनि अनुरोध गरेका छन । भने कार्यक्रमको बारेमा थप बुझ्न कार्यक्रम संयोज सुर्य बहादुर खत्रीको मोबाइल नम्बर (६६०१७७८२) अध्यक्ष देवराज कार्की (७७४०८१७७) र सचिव बाबुराम नेपाली (७७२६९१७८) सम्पर्क गर्न पनि सकिने बताएका छन ।

कार्यक्रममा मिडिया पार्टनरको रुपमा एफ.एन.जे कतार, मध्यान्ह राष्ट्रिय दैनिक, नेपाली जनता खबर, रेडियो ओलिभ नेपाल, कतार, मुग्लानी खबर, बुटवल टुडे, दिप संचार मिडिया र पुर्व खोला प्रा.लि रहेका छन भने सहयोगीको रुपमा आयुषा मेकअप सलोन रहेको छ ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top