कफी समाज नेपाल कतारको एरोप्रेस ( AeroPress) च्याम्पेनशिप भव्यताको साथ् सम्पन्न ।

दोहा कतार

कफी समाज नेपाल ले हरेक बर्ष जस्तै एस बर्ष पनि एरोप्रेस ( AeroPress) च्याम्पेनशिप को आयोजना भव्यताको साथ् सम्पन्न गरेको छ।


कफी समाज नेपाल कतारले हरेक बर्ष आयोजा गर्ने यो कार्यक्रम यो चौथो पटक हो ।एरोप्रेस, कफी बनाउने एक प्रक्रिया हो जसले कफीको मिठो स्व्वाद निकाल्न सक्छ उही यस कार्यक्रमको बिजेता बन्ने प्रकिया छ।

कार्यक्रम अगष्ट २९ सुक्रबारको दिन दोहाको गेट मलमा दिउसो एक बजे देखि साँझको ९ बजे सम्म आयोजना भएको थियो ।यो आयोजनामा ५० भन्दा बढी कफी सपका १०८ जना प्रतिस्प्रधी थिए ,भने ५ देश का १० जजले उक्त कार्यक्रममा निर्णायकको भूमिकामा थिए।

पहिलो चोटी नेपाली निर्णायक सागर राउत पनि निर्णायक बनेका यस कार्यक्रममा ओमान बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्या गरेर ६ देश का निर्णायक मण्डलमा सहभागी भएको जानकारी कफी समाजको अधक्ष्य तथा आयोजक लक्ष्मी तिमिल्सिनाले हामीलाई जानकारी दिनु भयो ।

कफी प्रेमीबाट सुरु भएको सामाजिक समुहले बृहत रुपमा आयोजना गरेको यस एरोप्रेस ( AeroPress) च्याम्पेनशिप कार्यक्रममा पहिलो पटक विभिन्न देशको सहभागीलाई पछि पार्दै नेपालको होम बहादुर प्रथम यासिका गुरुङ दोस्रो अनि दावा सेर्पा तेस्रो भएका छन् ।


जज समुहका प्रमुख रेनार हर्बर्टको आज सम्म आयोजना भएको कार्यक्रमको प्रतिस्पर्धा मध्य सबै भदा बढी मजा र कठिन यसपाली भएको उनको धारणा थियो । सबै नै कफी बनाउन सिपालु भएको ले फरक छुट्याउन निकै गाह्रो भएको कुरा नेपाली निर्णायक सागर को भनाइ थियो । ,


यस कार्यक्रम सफल बनाउन १२ भन्दा बढी कम्पनिले प्रायोजकको बनेर साथ् सप्पोर्ट गरेको आयोजक राममणि दवाडीले बताए ।

बारिस्ट छेत्रमा काम गर्ने व्यक्तिहरुलाई हौसला साथ् र सहयोग दिने हेतुले कफी समाज गठन गरेर सुरु गरेको कफी समाज नेपाल कतारले आज सम्म विभिन्न देशको बारिस्ट छेत्रमा काम गर्ने श्रमिकहरुको अभिभाबक बन्न पाउदा र यो २०२५ को तीन जना नेपाली पहिलो,दोस्रो र तेस्रो हुदा आफु एकदमै खुशी लागेको आजोजक समुहका प्रमुख गोपाल बस्यालको भनाइ थियो ।

बिजेता होम बहादुर कतारको प्रतिनिधित्व गर्दै आउने डिसेम्बर ४ देखि ६ मा हुने अन्तरास्ट्रिय प्रतिस्पर्धामा भाग लिने कोरिया सहभागी हुने छ भने आउने जाने टिकट साथै सम्पूर्ण व्यवस्थापक कफी समाज कतारले गर्ने छ । कतार सहित अन्य ८० देश का बिजेताहरुले प्रतक्ष्य रुपमा बिस्व बिजेताको लागि सहभागी जनाउने छन् ।

 

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top