कास्की आदर्श समाज कतारको बार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा,कतार- कास्की आदर्श समाज कतारको बार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

“कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको कास्की आदर्श समाज कतारको नवौं कार्यसमितिको आन्तरिक वार्षिक साधारण सभा तथा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठको शुभकामना आदानप्रदान कार्यक्रम- २०२५ भव्य र सभ्य रुपमा शुक्रबार अल वक्रा बीचको फेमिली पार्कमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व, सस्थाका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक रामप्रसाद गौतमको प्रमुख आतिथ्यता र संरक्षक आशबहादुर गुरुङ, मनप्रसाद राना मगर, सल्लाहकार रामचन्द्र सुनार लगायत संस्थापकहरु, पुर्व सल्लाहकारहरुको विशेष आतिथ्यता सङ्गै कार्यसमितिका पदाधिकारी तथा सदस्य, निबर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्य, सस्थाका आजिवन, मानार्थ तथा साधारण सदस्यहरुको साथै कतारमा कार्यरत कस्केली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा सफलता पुर्वक सम्पन्न भएको हो ।

औपचारिक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने वार्षिक प्रतिवेदन संस्थाका सचिव केदार भण्डारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशु गुरुङले प्रस्तुत गरेका थिए । उनीहरुले पेस गरेका वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सस्थाले १ बर्षमा गरेको कार्य उपर उपस्थित सम्पूर्णले ताली बजाएर मुक्त कण्ठले प्रसंसा गर्दै पारित गरेका थिए ।

कार्यक्रममा शुभकामना राख्ने क्रममा संस्थाका संरक्षक द्वय मनप्रसाद रानामगर र आश बहादुर गुरुङले प्रतिवेदन माथि खुलेर प्रशंसा गरे भने कार्यक्रमको अन्तमा प्रमुख अतिथि गौतमले समसामयिक विषयमा आधारित कविता र मुक्तक सहित संस्थाले गरेका हरेक गतिविधिहरु अनुसरणीय र उदाहरणीय भएको भन्दै सम्पूर्ण कार्यसमिति टिमलाई धन्यवाद ब्यक्त गरे । उनले आफू प्रमुख अतिथिको रूपमा सहभागी भएर खुशी साट्न पाएकोमा अत्यन्तै हर्षित भएको पनि बताए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष अग्निधर देवकोटाले कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु हुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै समापन गरेका कार्यक्रमको सहजीकरण संस्थाका सचिव केदार भण्डारीले गरेका थिए ।

औपचारिक कार्यक्रम समापन पछि खानपिन सहित एक अर्कामा चिना परिचय गर्दै नाचगान गरेर उत्साहित हुँदै खुसी साटासाट गरिएको थियो ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top