कतार – नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार अन्तर्गतका पाँच वटा भातृ संगठनहरुको संयुक्त आयोजनामा चौथो अधिवेशन सम्पन्न भएको छ।
गत शुक्रबार, २०२५ अगष्ट २२ तारिखका दिन सनैया स्थित ग्रेन्डमल प्लाजाको सेन्चुरी रेस्टुरेन्टमा भएको अधिवेशनको सभाध्यक्षता संस्कृति घेदुङका अध्यक्ष सुर्जे बहादुर तामाङले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका कार्यसमिति सदस्य तथा कतार घेदुङ इन्चार्ज बिनेश तामाङ रहनुभएको थियो।

कार्यक्रमको सहजीकरण घेदुङका सचीव तथा भातृसंगठन ताम्बाका उपाध्यक्ष बिनय बोम्जन तामाङले गर्नुभएको थियो। अधिवेशनबाट भातृ संगठनहरूको नयाँ कार्यसमिति चयन भई पदाधिकारीहरूको नामावली सार्वजनिक गरिएको छ।
निर्वाचित कार्यसमितिहरू:
नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतार
अध्यक्ष – लाले बहादुर गोले तामाङ
महिला उपाध्यक्ष – लक्ष्मी लो तामाङ
उपाध्यक्ष – अलिक बोम्जन तामाङ
सचिव – शान्ति घलान तामाङ
सह–सचिव – भुमिका रुम्बा तामाङ
कोषाध्यक्ष – अम्बिका थोकर तामाङ
सदस्य – बेली माया घिसिङ, संगीत बोम्जन तामाङ
नेपाल तामाङ लामा घेदुङ प्रवास कार्यसमिति कतार
अध्यक्ष – छेसाङ लामा तामाङ
सचिव – डा. घले लो तामाङ
नेपाल तामाङ संस्कृति घेदुङ प्रवास कार्यसमिति कतार
अध्यक्ष – सानुबाबु उपाध्यक्ष
उपाध्यक्ष – गोईजिन भ्लोन तामाङ
सचिव – असली योन्जन तामाङ
सह–सचिव – मन बहादुर तामाङ
कोषाध्यक्ष – समिर तामाङ
सह–कोषाध्यक्ष – प्रतिक तामाङ
सदस्य – चन्द्रमान थोकर, गीता घलान, कुसल मोक्तान तामाङ
नेपाल तामाङ युवा घेदुङ प्रवास कार्यसमिति कतार
अध्यक्ष – सन्दिप तामाङ
उपाध्यक्ष – प्रेम तामाङ
सचिव – सुजन तामाङ
कोषाध्यक्ष – राजु दोङ तामाङ
सदस्य – मन बहादुर वाईबा, राक्ची तामाङ, वाङ्देन तामाङ
नेपाल तामाङ महिला घेदुङ प्रवास कार्यसमिति कतार
अध्यक्ष – फुलमाया थिङ तामाङ
उपाध्यक्ष – इन्दु मोक्तान तामाङ
सचिव – मिरा तामाङ
कोषाध्यक्ष – शिखा तामाङ
सह–कोषाध्यक्ष – मन कुमारी तामाङ
सदस्य – बेली माया घिसिङ, नौली तामाङ, डोल्मा कुमारी तामाङ, गीत तामाङ, अम्बिका तामाङ, भुमिका तामाङ, मनमाया तामाङ
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेका थिए।नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका महासचिव राम बहादुर पाख्रीन तामाङले अधिवेशनबारे जानकारी गराएका थिए।
